छात्रवृत्ति प्राप्त विद्यार्थीबाट पनि शुल्क असुल्दै विद्यालय, उपमहानगर एक्सनमा
जनकपुर। जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका अधिकांश विद्यालयहरुले छात्रवृत्ति प्राप्त विद्यार्थीहरुसँग पनि रकम असुल्दै आएको खुलेको छ।
विद्यार्थीहरुले गुनासो गर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिकाले कडाई गरेको छ।
शुक्रबार उपमहानगरपालिकाको शिक्षा समितिले संस्थागत (निजी) विद्यालयहरुसँग छलफल गर्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट तोकिएको सीमाभन्दा बढी शुल्क नलिन कडा निर्देशन दिएको छ।
छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट कक्षा १ देखि ५ सम्म अधिकतम ७ हजार रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अधिकतम ९ हजार रुपैयाँ तथा कक्षा ९ देखि १० सम्म अधिकतम १० हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने समितिले जानकारी गराएको छ।
समितिले तोकेको यो सीमाभन्दा बढी कुनै पनि शीर्षकमा शुल्क लिन नपाइने स्पष्ट गर्दै बढी शूल्क लिएको पाइए जरिवानासहित थप कारवाही गर्ने चेतावनी पनि दिइएको छ।
साथै निर्धारित सीमाभन्दा बढी शुल्क असुल गरिसकेका विद्यालयहरूले अतिरिक्त रकम सम्बन्धित विद्यार्थीलाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने निर्णयसमेत छलफलमा भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment