पीएम कप: गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी

डिसी नेपाल
२९ फागुन २०८१ १६:३९
96
Shares

काठमाडौं। जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। बिहिबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो।

लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६२ रन बनाए भने सुबास भण्डारीले ३० रन बनाए। त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनी ४९।५ ओभरमा अल आउट हुदै २१७ रन बनाएको थियो। लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाए। त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र विपिन खत्रीले २/२ विकेट लिए।

यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *