चार देशीय सिरिजमा तेस्रो स्थानको लागि नेपालले आज हङकङविरुद्ध खेल्दै
काठमाडौं। नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानको लागि हङकङ विरुद्ध खेल्दै छ।
नेपाली समय अनुसार यो खेल अपरान्ह १२: ४५ बजेदेखि शुरु हुने छ। यस सिरिजमा नेपालले खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको थियो।
नेपालले नामिबियासँगका दुवै खेलमा हार बेहोरेको थियो भने हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक युगाण्डा र हङकङलाई एक एक खेलमा पराजित गरेको थियो।
अब तेस्रो स्थानमा लागि पुछारमा रहेको नेपाल र तेस्रो स्थानमा रहेको हङकङ आज खेल्दै छन्।
त्यस्तै फाइनलमा भने शिर्ष स्थानमा रहेको आयोजक युगाण्डा र दोस्रो स्थानमा रहेको नामिबिया आजै खेल्दै छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment