मुख्यमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच भेट
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच आज धनगढीमा भेटवार्ता भएको छ ।
भेटमा दुवैबीच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए । मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताएका थिए।
भूतपूर्व सैनिक सम्मेलनमा सहभागी हुन सुदूरपश्चिमको कैलाली पुगेका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटवार्ता गरेका हुन्। सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन भइरहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment