एक महिला र दुई पुरुष मृत फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा एक महिला र दुई पुरुषको शव फेला परेको छ।
दाङको घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३९ वर्षीया सीता खनाल सोही ठाउँस्थित पानी सिचाईको कृतिम आरग्य ड्याममा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
महोत्तरीको बर्दिबास नगरपालिका-१ बस्ने ७० वर्षीय सिंह बहादुर योञ्जन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
अर्घाखाँची, शितगंगा नगरपालिका-१० लिसीकुना बस्ने २४ वर्षीय बम बहादुर पुन सोही ठाउँस्थित लिसीकुना ओदाले ठुलोखोला वनमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment