देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुल्न सकेको छैन।
यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ स्थित डमपिङ साइडमा पहिचान नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment