भक्तपुरमा कवाडी टिप्ने एक वृद्धको हत्या, अनुसन्धान गर्दै प्रहरी

डिसी नेपाल
१० चैत २०८१ १३:०७
476
Shares

भक्तपुर । भक्तपुरमा कवाडीको काम गर्ने एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार आइतबार बिहान ५:५५ बजे मध्यपुर ठिमी नगरपालिका-९ बोडेमा एक वृद्धको शव फेला परेको हो।

बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा खोटाङ केपिलासढी गाउँपालिका-२ का ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।

राई बोडेमै बस्दै आएका थिए। उनी कवाडीको सामान टिप्ने गर्थे।

न्यौपानेका अनुसार उनको दाहिने कान र टाउकोमा चोट देखिएको छ। प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएको छ।

‘शवको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि केएमसी अस्पताल पठाइएको छ,’ न्यौपानेले भने।

हत्याको आशंकापछि प्रहरीले अनुसन्धान गर्ने क्रममा अहिलेसम्म कोही पक्राउ परेका भने छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.