प्रधानमन्त्रीको मौनतामा मन्त्रीहरूको मनपरी, अधिक मूल्य वृद्धि भयो : भीम रावल

डिसी नेपाल
१० चैत २०८१ १३:५४
400
Shares

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्वउपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको मौनतामा सरकारका मन्त्रीले मनपरी गरिरहेको आरोप लगाएका छन्। मातृभूमि जागरण अभियान, नेपालमार्फत राजनीतिक गतिविध गरिरहेका नेता रावलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्।

नाफाखोरी रोक्ने कानुन हटाएर उद्योगमन्त्री दामोदर भण्डारीमार्फत सिमेन्ट र डन्डीको मूल्य कृत्रिम रूपमा बढाएको उनको आरोप छ। उनले स्वदेशी सुपारी उत्पादकलाई प्रोत्साहन गर्नुको साटो आयात खुला गरिएको र ग्यास उद्योगीको कमिसन घटाउने सुझावविपरीत प्रति सिलिन्डर १२ रुपैयाँ ७५ पैसा बढाइएको उनले गुनासो गरे।

उर्जामन्त्री दीपक खड्कामाथि लैनचौरस्थित स्काउटको जग्गा सस्तोमा भाडामा लिएर थप नौ रोपनी कब्जा गरेको र पाँच करोडभन्दा बढी भाडा नतिरेको रावलको आरोप छ। जनगुनासो चर्किंदासमेत प्रधानमन्त्रीको मौनता रहस्यमय रहेको उनले बताए।

परराष्ट्र मन्त्री आरजु देउवा राणाले भारतको राइसिना डाइलगमा दुई हप्ता बिताएर पनि भारतीय प्रधानमन्त्रीसँग भेट्न नपाउनु दुखद् विषय भएको रावलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.