‘भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ’

डिसी नेपाल
१२ चैत २०८१ १८:२८
72
Shares

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताएका छन्।

भूमि समस्या सामाधान आयोग कैलालीले आज धनगढीमा आयोजना गरेको आयोगका कामसम्बन्धी स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरणमा उनले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकारप्राप्त भएमा यहाँका भूमिसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताए।

मुख्यमन्त्री शाहले एकैठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै संघीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिए। उनले संघीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *