कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएको छ।
मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले कुलमानलाई हटाउने निर्णय अन्यायपूर्ण र अपमानजनक रहेकाले सरकार व्यापक हुनुपर्ने बताएका हुन्।
‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ ।’
साथै, सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै माओवादीमाथि प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment