पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ गीत सार्वजनिक (भिडियाे)

डिसी नेपाल
१२ चैत २०८१ २२:०६
340
Shares

काठमाडौं। गायक पुर्षोत्तम गैरेको ‘बैनीको काँ पर्‍यो, दाजैको काँ पर्‍यो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनीक भएको उक्त गीतमा गायक गैरेसँगै गायिकाहरु रुपी सिंजाली मगर र सिमरन परियारले आवाज दिएका छन्।

गैरे स्वयंको शब्द रहेको गीतमा उनीसँगै आकाश नेपालीले संगीत भरेका छन। पुर्षोत्तम गैरे नामक युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोमा तेजश रेग्मी, सिमरन परियार, आकाश नेपाली, रचना न्याैपाने र श्रेया गैरेको अभिनय रहेको छ। भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन रहेको छ भने अमृत चापागाईँले सम्पादन गरेका छन्।

गीतको भिडियो सार्वजनिक भएको २० घण्टामै १ लाख भ्युज पुरा भएको थियो। दर्शक तथा श्रोताहरुले देखाएको मायाले अत्यन्तै खुशी लागेको गायक गैरेले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *