कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा प्रदर्शन

डिसी नेपाल
१३ चैत २०८१ १५:१५
104
Shares

काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णयको विरोध गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ।

बुधबार युवाहरूको एक समूहले रत्नपार्कस्थित प्राधिकरणको गेट बाहिर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले कुलमानलाई पुन प्राधिकरणमा ल्याउनुपर्नेमा माग राख्दै नारावाजी गरेका थिए। प्राधिकरण अगाडीको सडक अवरुद्ध पारेर प्रदर्शन भएको भन्दै प्रहरी बल प्रयोग गरेको प्रदर्शनकारीलाई हटाएको थियो।

घिसिङको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले कुलमानलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो। कुलमानलाई हटाउने निर्णयको सदन र सडकबाट विरोध भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.