विपक्षीको अवरोधले प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । विपक्षीदलहरूको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका स्थगित भएको हो।
आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो। प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ।
यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए।
तर, दोस्रो बैठकमा पनि विपक्षी दलले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment