उत्पादनको जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: पूर्वप्रधानमन्त्री भट्टराई
तुलसीपुर। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उत्पादन बढाउने जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेश समितिद्वारा दाङको भालुवाङमा आज आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियानको उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने र राज्यले शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व लिनुपर्ने बताए।
‘शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको दायित्व राज्यले लिनुपर्छ’, उनले भने, ‘खेतीपाती, उद्योगजस्ता उत्पादनशिल क्षेत्रलाई निजी क्षेत्रलाई छोड्नुपर्छ, सबै कुरा राज्यले गर्न सक्दैन।’ साथै उनले पुरानो राजनीतिक प्रणालीमा सुधार नहुँदा नयाँ वैकल्पिक राजनीति सुरु गरेको समेत बताए।
बेरोजगारी र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता रहेको उनको भनाइ थियो। उनले पार्टीको केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेको समेत बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment