तीनकुने घटना गणतन्त्र पक्षधरले उत्तेजित बनाए : कमल थापा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनाको सबै पक्षलाई विश्लेषण गर्दा गणतन्त्र पक्षधरले सुनियोजित ढंगबाट परिस्थितिलाई उत्तेजित र अराजक बनाउने तथा राजा, हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्न खोजेको बताएका छन्।
आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यो घटनाक्रमबाट कोही पनि विचलित नहुन राजाबादी र हिन्दुराष्ट्र पक्षधरलाई आह्वान गरेका छन्।
‘केही समयपछि गोयबल्स शैलिमा गरिरहेको सुनियोजित प्रोपोगन्डाको तुवाँलो हट्नेछ,’ उनले भने। हिन्दुराष्ट्र राजा सहितको प्रजातन्त्रको पुनर्स्थापनाको अभियान नयाँ ढंगबाट अघि बढ्नेसमेत थापाले स्पष्ट पारे।
‘तीनकुने घटनाको आवरणमा भ्रष्ट शासन र भ्रष्ट ब्यबस्थालाई निरन्तरता दिइरहन खोज्ने योजना सफल हुन दिँदैनौं,’ उनले थपे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment