वैदेशिक रोजगारीमा देखिएका कानुनी समस्य समाधान गर्छौ : उपसभापति गुरुङ

डिसी नेपाल
१८ चैत २०८१ ६:५४
52
Shares

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको कानुनी समस्या समाधान गर्ने बताएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चैत २९ गते हुन लागेको निर्वाचनको उम्मेदवार घोषणा सभालाई सम्बोधन गुरुङले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका कानुनी समस्या छिट्टै समाधान गरिने बताएका हुन्।

सोमबार काठमाडौंको अनुपन फुडल्याण्डमा भएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको तर्फबाट भुवन गुरुङको नेतृत्वको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै उनले भने, “नेपालमा रोजगारीको सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीमा जाने क्रम नरोकिने भन्दै यस क्षेत्रले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरेको स्मरण समेत गराउनु भयो।”

उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै उनले आधिकारिक उम्मेदवारलाई जिताउन लाग्न सबैलाई आग्रह गरे। उनले भने, “उम्मेदवारको आधिकारिक निर्णय नहुदासम्म सबैको दाबी गर्नु स्वाभाविक हो तर आधिकारिक उम्मेदवार घोषणा भैइसकेपछी अब सबै मिलेर यहीँ टिमलाई जिताउनु पर्छ। ” पार्टीका नेताको नाम भजाएर संगठनलाई कमजोर बनाउन नपाइने भन्दै सबै यहीँ टिमलाई जिताउन लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।” “अब दायाँबायाँ होइन सबै मिलेर यहीँ टिमलाई जिताउन लाग्नुस यो पार्टीको निर्देशन हो” उनको भनाइ थियो।

नेपाली काङ्ग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र नेकपा माओवादी निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च बीच सयुक्त प्यानलमा बनेर घोषणा भएको उम्मेदवारको लिस्ट यस्तो रहेको छ ।

अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङ,प्रथम उपाध्यक्ष उम्मेदवार नरेन्द्र प्रसाद ढकाल,दितिय उपाध्यक्ष उम्मेदवार देब कुमार खोखाली,तृतीय उपाध्यक्षका उम्मेदवार हर्क बहादुर लिम्बू रहेका छन् भने महासचिवका उम्मेदवार महेश कुमार बस्नेत,सचिब उम्मेदवार कुन्छा दोर्जे डिमदोङ र कोषअध्यक्ष उम्मेदवार बिक्रम श्रेष्ठ रहेका छन्।

त्यस्तै सदस्य उम्मेदवारहरु बिद्या लक्ष्मी बज्राचार्य,देबि प्रसाद गिरि,दिपक कुमार राय,सुबर्ण लामा,सुमन राज पान्डे, तिल रुपा दाहाल, गिता राउत,कृष्ण ढकाल,रेखा शेर्मा,भरत सापकोटा रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *