कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित

डिसी नेपाल
१९ चैत २०८१ २३:०९
20
Shares

भेरीगङ्गा (सुर्खेत)। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौँ अधिवेशनबाट सात वटा विधेयक पारित भएको छ। प्रदेशसभा सचिवालयका अनुसार हिउँदे अधिवेशनबाट विभिन्न सातवटा विधेयक पारित भएको हो।

कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभाबाट पारित भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

यस्तै, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विद्येयक २०८१ दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेश बीउ, बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएको बुढाथोकीले जानकारी दिए।

सरकारले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक भने फिर्ता लिएको छ। केही अपुग रहेको भन्दै यो विधेयक फिर्ता लिइएको सरकारले जनाएको छ। योसँगै प्रदेशसभाको पाँचौँ अधिवेशन रातिदेखि अन्त्य गरिएको छ।

सभामुख नन्दा गुरूङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गरे। ‎‎पाँचौँ अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो भने यो अधिवेशनमा ३१ वटा बैठक बसेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *