सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ। इन्स्योरेन्सले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ।
यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ।
अपडेट गरेपछि लाभांश पाइनेछ। कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०-८१ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment