जेसिबी मेसिन सडकबाट तल खस्दा चालकको मृत्यु
सुर्खेत। सुर्खेतको बराहताल गाउँपालिका–७, नयाँवनस्थित भित्री सडकखण्डमा सडक निर्माणको काम गर्दै गरेको जेसीबी मेसिन भिरमा खस्दा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
भे.१ ग १२७ नम्बरको जेसीबी बाटो सफा गर्ने क्रममा सडकबाट करिब ३०० मिटर तल खसेपछि जेसीबी चालक बराहताल गाउँपालिका–५ बस्ने करिब ३३ वर्षीय रामप्रसाद लामिछाने गम्भीर घाइते भएका थिए।
घाइते लामिछानेलाई कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेतमा उपचारका लागि पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment