महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गाैलाका बिरामीलाई उपचारमा समस्या

डिसी नेपाल
४ भदौ २०८३ २२:२४

कञ्चनपुर। कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण नहुँदा मिर्गाैला पीडित बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन्। सीमित स्रोतसाधनका कारण अस्पतालमा डायलाइसिस गराउँदै आएका बिरामीलाई नियमित सेवा दिन समस्या भइरहेको छ।

मिर्गाैला पीडित बिरामीले हस्तामा दुई पटकसम्म डायलाइसिस गर्नुपर्ने भए पनि अस्पतालमा उपलब्ध जनशक्ति र उपकरण बिरामीको चापअनुसार पर्याप्त नहुँदा बिरामीले पालो कुरेर बस्नुपर्ने समस्या रहेको महाकाली प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट जगदीश जोशीले जानकारी दिए। “हामीसँग चार जना स्टाफनर्स भए भोलिदेखि नै रातिको सिफ्टमा समेत डायलाइसिस सेवा सञ्चालन गर्न सक्छौँ,” जोशीले भने, “अहिले कार्यरत जनशक्तिसमेत पर्याप्त छैन समिति उपकरण छन् बिरामीको चाप छ।”

मेसु जोशीका अनुसार अहिले अस्पतालले दुई सिफ्टमा सेवा प्रदान गर्दै आएको छ। शय्या अभावका कारण २५ जनासम्म पालो कुरेर बस्ुपर्ने अवस्था रहेको उनले बताए। “अहिले दश वटा बेड उपलब्ध छन नौ वटा सञ्चालनमा छन् एउटा मेसिन इमर्जेन्सीका लागि ब्याकअपमा राख्नुपर्ने हुन्छ,” उनले भने, “आवश्यक उपकरण र जनशक्ति अभावका हुँदा सहज रुपमा सेवा दिन सकिएको छैन।”

महाकाली अस्पतालमा दैनिक २५ बिरामी डायलाइसिस सेवा लिन आउने गरेका छन्। डायलाइसिसका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गए पनि आवश्यक उपकरण, शय्या र जनशक्ति नहुँदा उपचार व्यवस्थापनमा चुनौती देखिएको छ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्दै पहिलो निर्णय सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस शय्या थप गरेर मिर्गौलाका बिरामीको उपचारमा पहुँच बढाउने निर्णय गरेका थिए।

अस्पताल प्रशासनले शय्या थपेर मात्रै समस्या समाधान नहुने बताउँदै शय्यासँगसँगै जनशक्ति र उपकरणसमेत थप गर्नुपर्ने अस्पतालले जनाएको छ। “शय्या थपेर मात्रै हँुदैन आवश्यक जनशक्ति र उपकरण पनि थप्नु आवश्यक छ,” मेसु जोशीले भने, “हामीसँग भौतिक संरचना छ, शय्या र जनशक्ति थप भए राति पनि उपचार गर्न सक्छौँ।” महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिसका लागि पालो नपाउँदा अहिले पनि यहाँबाट बिरामीहरु उपचारका लागि अन्यत्र जाने गरेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *