बजारबाट ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
उक्त निक्षेप संकलन उपकरणको बोलकबोल अजै हुने बैंकले जनाएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
केन्द्रीय बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो। साँवा र ब्याज भुक्तानी मिति चैत्र ३१ गते निर्धारण भएको छ। यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुनेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment