दुई जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित गोकर्ण हाउस रिसोर्ट नजिकै टहरामा सिन्धुपाल्चोक बाहृबिसे नगरपालिका-४ घर भएकी ४० वर्षीया मन्जु भण्डारी बुधबार मृत अवस्थामा फेला परेकी छन्।
बाग्लुङको निसीखोला गाउँपालिका-५ डेरा गरी बस्ने सल्यान छत्रेश्व र गाउँपालिका-६ घर भएका ५२ वर्षीय बुद्धी बहादुर बिक आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment