बागलुङमा पिकअप दुर्घटना हुँदा एकको मृत्यु

डिसी नेपाल
२१ चैत २०८१ १३:२५
104
Shares

ढोरपाटन। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन्। जिल्लाको गलकोट नगरपालिका-३ हटिया बजारदेखि कोटमैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट-११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो।

दुर्घटनामा गलकोट-५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

पिकअपमा चारजना सवार रहेको उनको भनाइ छ। घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए। चैतेदशैं मेलाका लागि कोटमैदान जाँदै र्दा पिकअप दुर्घटनामा परेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *