केही दिनमै जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रबाट नियमित उत्पादन हुन्छ : मन्त्री शाही
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले केही दिनभित्र जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट नियमित उत्पादन हुने अवस्था बनाउने बताएका छन्।
बिहीबार चैत १५ गते कम्पनीमा भएको आगजनी र तोडफोडबाट भएको क्षतिको निरिक्षण गर्दै मन्त्री ठकुरीले प्रारम्भीक चरणमा अस्थायी रुपमा भएपनि उत्पादन हुने अवस्था बनाउने बताएका हुन्।
उनले अस्थायी रुपमा कम्पनी सञ्चालन गर्न १० करोड रुपैयाँ आवश्यक पर्ने भएकाले त्यसको प्रक्रियासमेत सुरु भइसकेको जानकारी दिए। मन्त्री ठकुरीले कर्मचारीलाई बसेर काम गर्ने वातावरण बनाउन निर्माणको काम पनि सुरु गर्ने उल्लेख गरे।
चैत १५ गते भएको आगजनी र तोडफोडबाट सञ्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिव २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment