खेल विकासको लागि पूर्वाधार प्राथमिकताः प्रकाशशरण महत

डिसी नेपाल
२१ चैत २०८१ १९:३८
24
Shares

त्रिशूली (नुवाकोट) । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा प्रकाशशरण महतले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको बताएका छन्।

नुवाकोटको सूर्यगढी गाउँपालिमा आज आयोजित पाँचौँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेल र खेलाडीको उत्पादनका लागि खेल मैदानसहितको पूर्वाधार आवश्यकता रहेको बताए।

‘खेल मैदानको अभावले खेलाडीले क्षमता प्रदर्शन र खेल पर्यटनको वृद्धि गराउन सकिएको छैन’, उनले भने, ‘सीमित स्रोतसाधन तथा सेवा र सुविधामा खेलाडीबाट भइरहेको प्रदर्शन सन्तोषजनक छ। तीन तहमा रहेका सरकारले रङ्गशाला, कभर्डहललगायत भौतिक संरचना निर्माणमा प्राथमिकता दिनुपर्छ।’

खेल क्षेत्रको विकासले देशलाई एक ढिक्का विश्वसामू चिनाउन र खेल पर्यटनमार्फत आर्थिक उपार्जन बढाउन सहयोग पुग्ने उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *