राज्य व्यवस्था समितिमा गृह मन्त्री जाने, तीन समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ।
जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१-८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।
गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाण्डौको तीनकुनेमा मिति २०८१ चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ। सो बैठक पनि बिहान ११ः०० बजे बस्नेछ।
उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment