संघीयता खारेजीको माग गर्दै जनमोर्चाद्वारा आन्दोलन घोषणा

डिसी नेपाल
२२ चैत २०८१ १६:५६
412
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले चैत्र २४ गतेदेखि सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलनको घोषणा गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय जनमोर्चाले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि भन्दै चैत्र २४ गतेदेखि सप्ताहव्यापी राजधानी केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको हो।

मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएकाले त्यसविरुद्ध संघर्ष गरेर नै मुलुकको राष्ट्रियता रक्षा गर्न सकिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताए।

उनले गणतन्त्र तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि चैत्र २४ गतेदेखि ३० गतेसम्म जनपरिचालनसहितको आन्दोलन गर्ने जानकारी दिए।

उनले राजाबादीको एकात्मक तथा सामन्ती केन्द्रीकृत राज्य कायम गर्ने र राजतन्त्रको पुनर्स्थापना गर्ने उद्देश्य जनविरोधीसमेत जिकिर गरे।

अध्यक्ष केसीले संघीयताका कारण गणतन्त्र तथा राष्ट्रियतामाथि समेत गम्भीर रुपले नकारात्मक असर पुगिरहेकाले गणतन्त्रको रक्षाका लागि संघीयातालाई खारेज गर्नुपर्ने आवश्यकता देखिएको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *