शिक्षक महासंघद्वारा सरकारसँग वार्तामा बस्न अस्वीकार

डिसी नेपाल
२२ चैत २०८१ १७:२८
116
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ।

वार्ताका लागि सिंहदरबारमा बोलाएपनि महासंघ वार्तामा उपस्थीत नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफलसमेत भएको छ।

शिक्षकहरूसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाएपनि शिक्षक महासंघ वार्तामा उपस्थित नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिए।

महासंघलाई पत्र पठाएपछि कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई सहरी विकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए। तर, शिक्षकहरुको उपस्थीति नभएपछि वार्ता हाललाई स्थगीत गरिएको मन्त्री भट्टराईले बताए।
उनले शिक्षकहरूको मागलाई सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार रहेको उल्लेख गरे।

यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्धा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ।

महासंघले वार्ता भन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ। विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुराउनुपर्ने भन्दै देशभरका शिक्षकहरू काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *