रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

डिसी नेपाल
२३ चैत २०८१ १५:५६
428
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवहाक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ। केन्द्रीय सचिवालयको बसेको बैठकले अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको हो।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो। सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो।

बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.