शिक्षकले आन्दोलनलाई निरन्तरता दिने
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन्।
सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतिघर बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन्।
काठमाडौं केन्द्रीत आन्दोलन गरेको महासंघले आफनो एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन नरोकिने जनाएको छ। सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौं केन्द्रीत सडक आन्दोलन सुरु गरेको हो।
यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ। वार्ताका लागि सरकारले महासंघलाई पत्र पठाए पनि उनीहरुले वार्तालाई अस्वीकार गर्दै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment