स्वास्थ्यमन्त्री पौडेल न्यूयोर्कमा

डिसी नेपाल
२५ चैत २०८१ ६:३७
168
Shares

वासिङ्टन डिसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको ५८ सभामा भाग लिन आइतबार न्यूयोर्क आइपुगेका छन्।

मन्त्री पौडेललाई संयुक्त राष्ट्र संघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत दूतावासका कर्मचारीले स्वागत गरेका थिए। मन्त्री पौडेलको स्वागतका लागि जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट तथा महासचिव मुनेन्द्र नेमवाङ विमानस्थल पुगेका थिए।

मन्त्री पौडेलले सोमबार र मंगलबार हुने उच्चस्तरीय बैठकमा भाग लिने संयुक्त राष्ट्र संघका लागि स्थायी नियोगले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *