राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

डिसी नेपाल
२५ चैत २०८१ १४:१०
568
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यवाहक (कामु) गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिइएको छ। राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिइएको हो।

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २७ अनुसार ढुंगानालाई कामु गभर्नर तोकेका हुन्।

गत शुक्रबारबाट गभर्नर महाप्रसाद अधिकारीले बिदा लिएपछि राष्ट्र बैंकको नेतृत्व रिक्त बनेको थियो। अर्थ मन्त्रालयले उक्त रिक्तता पूर्ति गर्न ढुंगानालाई अस्थायी रूपमा जिम्मेवारी दिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *