१४ क्विन्टल अवैध चिनी बरामद

डिसी नेपाल
१० भदौ २०७६ ६:५८

कञ्चनपुर । कञ्चनपुर प्रहरीले शुक्लाफाँटा नगरपालिकाबाट ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको चिनी तथा अन्य सामान बरामद गरेको छ। इलाका प्रहरी कार्यालय झलारीको टोलीले शुक्लाफाँटा नगरपालिका–९ कलुवापुर बजारबाट १४ क्विन्टल चिनी तथा रु ३४ हजार बराबरको लत्ताकपडा बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदका अनुसार बरामद गरिएको चिनी र लत्ताकपडा कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ। सो अवैध सामान बेलौरी नाकाबाट नेपाल भित्रिएको बताइएको छ।

खुला सीमाका कारण सो नाका भएर भारतबाट अवैध रूपमा दैनिक उपभोग्य सामानका साथै मलखाद, हार्डवेयर सामान, कुखुराका चल्लालगायत सामग्री नेपाल भित्रिने गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *