हत्कडी लगाएर दुर्गा प्रसाईंलाई पुर्‍याइयो चन्द्रगढी विमानस्थल

डिसी नेपाल
२९ चैत २०८१ १२:२७
1.2k
Shares

काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ।

काठमाडौं ल्याउका लागि उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो। उनीसँगै उनका बडिगार्ड दीपक खड्कालाई पनि गिरफ्तार गरेर प्रहरीले काठमाडौं ल्याइरहेको छ।

प्रसाईं भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका थिए।

१५ चैतमा तीनकुनेमा भएको हिंस्रक राजाबादी आन्दोदनका उनी मुख्य कमाण्डर हुन्। उक्त प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए। त्यस लगत्तै प्रसाई फरार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *