लोकदोहोरी गीत ‘यूके लान्छु’ सार्वजनिक

डिसी नेपाल
३ वैशाख २०८२ १९:१०
144
Shares

काठमाडौं। नेपाली लोकदोहोरी संगीत अहिलेको समयको मुख्य धार बन्न पुगेको छ। यही लोकप्रियताको शिखरमा समीप इन्टरटेन्मेन्टले नयाँ लोकदोहोरी ‘यूके लान्छु’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ, जसले परदेशी नेपालीको भावना र पारिवारिक सम्बन्धको गहिरो कथा बोकेको छ।

गीतको कथावस्तु युकेमा बस्ने एक लाउरेको जीवन र उनी आफ्नी प्रेमिकालाई सम्झिँदै बहिनीको विवाहमा स्वदेश फर्कंदा भोग्ने भावनात्मक क्षणहरूमा आधारित छ। भिडियोमा ती पलहरूलाई निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ, जसले परदेशमा बस्ने धेरै नेपालीको मन छोएको छ।

गीतमा गायक सचिन भट्टराई र गायिका शान्तिश्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ। अभिनयमा सुनिल न्यौपाने र चर्चित अभिनेत्री गरिमा शर्माले प्रमुख भूमिका निर्वाह गरेका छन्। साथै सहायक कलाकारहरूमा सरोज पौडेल, भीमार्जुन ओली, निकसन लोहनी, ईश्वर श्रेष्ठ, र बहिनीको भूमिकामा रविना पाण्डे देखिएका छन्।

गीतका शब्द र संगीत गायक सचिन भट्टराई स्वयंले तयार पारेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन्।

प्राविधिक पक्षमा पनि गीत उच्च स्तरको देखिन्छ। हरी हुमागाईंको छायांकन, रोशन विश्वकर्माको कोरियोग्राफर , दिल्सन शाहको सम्पादन तथा रङ संयोजन, सुनिल बुढाथोकीको सह–निर्देशन, प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने तथा मिना बर्तौलाको निर्माण रहेको छ।

गीतको निर्देशन दिलीप समनले गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *