महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

डिसी नेपाल
३ वैशाख २०८२ २२:४६
736
Shares

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।

नेपाल महिला संघ केन्द्रीय समितिले विधानअनुसार कुनै पनि कार्यक्रम अगाडि बढाउन नसकेको भन्दै २० केन्द्रीय सदस्यले कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा बुझाउनेमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जीता गिरी, डा सीता घिमिरे, तारा थपलिया, सुस्मा तिवारी, लक्ष्मी बराकोटी, नवोदिता चौधरी, भगवती केसी, मीरादेवी चन्द, पार्वती चन्द, गीता गुरुङ, रमा अर्याल, लीलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटुवाल र पार्वती आचार्य रहेका छन्।

उनीहरुले पारदर्शी ढङ्गले संगठनका क्रियाकलापलाई अगाडि बढाउन नसकेको र संगठनको साख क्रमशः ओरालो यात्रामा लागेको भन्दै सामूहिक राजीनामा दिएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.