तीनकुने घटना भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो।
पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ। निषेधित क्षेत्र तोड्दै हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
राजाबादीहरूको प्रदर्शन उग्र बन्दा तीनकुने घटनामा दुई जनाले ज्यान गुमाउनुका साथै केही संरचनामा आजगनी र तोडफोड भएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment