ग्रामिण चलचित्र महोत्सव जीतु नेपाल भए उत्कृष्ट अभिनेता

डिसी नेपाल
७ वैशाख २०८२ १६:१६
100
Shares

काठमाडौं । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् ।

गोसाईकुण्ड गाउपालिका, रसुवामा गत बैशाख ४ बिहिबारबाट सुरु भई ६ गते शनिबार सकिएको अवार्डमा अभिनेता प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट बेष्ट एक्टर (जुरी) अवार्ड प्राप्त गर्दा बेष्ट म्युजिकल सर्ट फिल्म अवार्ड ‘प्याकुली’का रामहरी खड्का, बेष्ट कल्चर फिल्म तामाङ ‘एप्लेङ ना नाम्सा’ले र इन्करेजमेन्ट अवार्ड रोनिस खड्का फिल्म प्याकुलीबाट पाए । बेष्ट सर्ट फिल्म ‘मा कामरातो’बाट निर्मल पौडेल, बेष्ट डकुमेन्ट्री ‘माझी’बाट सबिर श्रेष्ठ, बेष्ट फिल्म ‘अञ्जली’बाट प्रेम श्रेष्ठले अवार्ड जिते ।

फेस्टिभलमा बेष्ट सम्पादक भरत रेग्मी फिल्म ‘पूजार सार्की’, बेष्ट छायांकन शिवराम श्रेष्ठ फिल्म ‘बोक्सीको घर’, बेष्ट निर्देशक मिलन चाम्स ‘अञ्जली’, जुरी मेन्सन अवार्ड ऋषिराजा आचार्य फिल्म ‘द्रौपदी’, जुरी अवार्ड निर्देशक बसन्त निरौला फिल्म ‘ज्वाई साब’, बेष्ट भिज्युअल इफेट फिल्म ‘बोक्सीको घर’बाट मनोज श्रेष्ठले जिते ।

सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र गोसाईंकुण्ड गाउपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले विजेतलाई अवार्ड तथा प्रमाण पत्र बितरण गरे ।

तीन दिनसम्म निरन्तर आयोजना भएको कार्यक्रममा साना र ठुला गरेर २२ फिल्म प्रदर्शन भयो । दर्जनौ चलचित्रकर्मी र रंगपत्रकारको समेत सहभागीता महोत्सवको समापन ३० औं वन्यजन्तु सप्ताह, चौंथो गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कप २०८२ तथा १३ औँ रेडपाण्डा ट्रफी भलिबल प्रतियोगिता एकसाथ आयोजना भएको थियो ।

नेपाली महिला फुटबल टोलीको क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिला फिल्म प्रदर्शन गर्दै महोत्सव सुरु भएको थियो । पहिलो दिन बैशाख ४ गते ‘अञ्जीला’सँगै ‘पूजार सार्की’, ‘ज्वाई साव’, ‘बोक्सीको घर’ प्रदर्शन भएको थियो ।

‘आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालले नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनले महोत्सवलले गाउँ गाउँमा चलचित्र संस्कृतिको विकास गर्ने जानकारी दिए ।

कार्यक्रममा रेडियो रसुवाका पत्रकार दिपक लामालाई नगद ५,५५५ सहित ‘पत्रकारिता पुरस्कार’ र ‘लाज शरनम्’ फिल्मका निर्माता नविन श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । बिगत ४ बर्षदेखि नियमित आयोजना हुँदै आयोको महोत्सवले बगितका बर्षमा पनि निरन्तरता पाउने महोत्सवका अध्यक्ष सापकोटाले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *