पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

डिसी नेपाल
७ वैशाख २०८२ २३:५३
296
Shares

तानसेन । यहाँको बगनासकाली गाउँपालिका–४ मलेङस्थित बेलडाँडामा आज साँझ जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

लु१ज १७२४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए। उनका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका –१ की १८ वर्षीया एलिसा सारुको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।

गाडीमा नौ जना सवार थिए। घाइते मध्ये ३६ वर्षीया नीता दर्लामीको अवस्था गम्भीर रहेको प्रनाउ मल्लले बताए। घाइते अन्यको परिचय खुल्न सकेको छैन। घाइते चारै जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। साँघुरो घुम्तीका कारण जिप दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *