राज्य व्यवस्था समितिको बैठकमा निजामती कर्मचारीका बारेमा छलफल हुँदै
काठमाडौं। संघीय संसदका दुइवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन्।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ।
उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति रामनारायण विडारीसँग छलफल गरिने भएको छ। जुन बैठक अपरान्ह १२ः४५ बजेदेखि सुरू हुनेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment