अन्जु पन्त दशक गायिकाका रुपमा सम्मानित

डिसी नेपाल
९ वैशाख २०८२ १२:०१
40
Shares

काठमाडाैं।  नेपाली गीत संगीतको क्षेत्रमा तीन दशक अनवरतरुपमा पुर्‍याएको योगदानको कदर गर्दै गायिका अन्जु पन्तलाई दशक गायिकाको रुपमा नेसनल क्यापिटल अनर अवार्ड २०८१ बाट सम्मानित गरिएको छ।

गत बैशाख ४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा गायिका पन्तलाई सम्मानित गरिएको थियो ।

गायिका पन्तले नेपाली संगीतको क्षेत्रमा निरन्तर पाश्र्व स्वर, आधुनिक, लोक, भाषाभाषी लगायत विभिन्न विधाका ८ हजार भन्दा बढी गीतहरु रेकर्ड गराई सक्नुभएको र नेपाली संगीतलाई विश्वमा नै चिनाउनमा ठूलो योगदान पुर्‍याउनु भएको भनी उनलाई प्रस्तुत गरिएको थियो ।

गायिका अन्जु पन्त हाल मेरो भ्वाइस युनिभर्सको निर्णायकको भुमिकामा ब्यस्त हुँदाहुँदै पनि क्यापिटल अवार्ड आयोजकले गर्न लागेको सम्मानमा उपस्थित भएका थिए। यसैगरि यस वर्षको वेष्ट न्यु ट्यालेन्ट क्यापिटल अवार्ड परितोषिका पन्तले प्राप्त गरेकी छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *