भालुको पित्तसहित सामाखुशीबाट एक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ सामाखुशी रानीबारीबाट भालुको पित्तसहित तेह्रथुमका ३१ वर्षीय विमल सोदेम्बालाई आज दिउँसो पक्राउ गरेको हो।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले दुर्लभ वन्यजन्तुको पित्त अवैध कारोबार गर्दै गरेको अवस्थामा सोदेम्बालाई नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरीले सोदेम्बासँग ज्याकेटको खल्तीमा लुकाएर ल्याएको १७ ग्राम पित्तसमेत बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको राठौरले बताए।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment