इन्द्रकला राई र हसन राईको ‘पैसाकी बैस’ गीत सार्वजनिक, जिवन र लक्ष्मीको रोमान्स

डिसी नेपाल
१२ वैशाख २०८२ ११:३८
548
Shares

काठमाडौं। गायक हसन राई र चर्चित गायिका तथा द भ्वाईस अफ नेपाल सिजन ६ की प्रतिस्पर्धी इन्द्रकला राईको स्वरमा ‘पैसाकी बैस’ बोलको गीत सार्वजनिक भएको छ। यो गीत लुङ्टो क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

द भ्वाईस अफ नेपाल सिजन ६ कै अर्का प्रतिस्पर्धी चर्चित गायक तथा संगीतकार रोशन राईको यस गीतमा शब्द तथा संगीत रहेको छ। सागर सन्सार राईको एरेञ्ज रहेको गीतलाई किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन्।

‘पैसाकी बैस’ गीतको म्युजिक भिडियोमा रियल जोडी जिवन भट्टराई र लक्ष्मी बर्देवाको अभिनय देख्न सकिन्छ। जिवन र लक्ष्मीले नै निर्देशन गरेको म्युजिक भिडियोमा उनिहरुको रोमान्ससंगै गाउले जिवन सहितको प्रेमपनि देख्न सकिन्छ। बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन्।

गायक हसन राईले अहिले सम्मय करिव २ दर्जन गीतहरु रेकर्ड गरिसकेका छन्। आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङपनि गरिसकेका छन्। धरान सुरसाझ कलाकेन्द्र, अलंकार म्युजिक एकेडेमीमा बिनोद प्रियदर्शीसंग संगीत सिकेका हसन पाश्र्व गायनमापनि मोह राख्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.