राउटे मुखिया सूर्यनारायण शाहीको निधन

डिसी नेपाल
१६ वैशाख २०८२ १६:२७
424
Shares

सुर्खेत । राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ।

सुर्खेतको बराहताल गाउँपालिका–८ सोतखोला क्षेत्रमा बसोबास गर्दै आएको राउटे समुदायका मुखिया ४९ वर्षीय शाहीको सोमबार राति बस्तीमै मृत्यु भएको हो। उनको ज्यान अत्यधिक मदिरा सेवनबाट गएको बताइएको छ।

मदिरा सेवनकै कारण केही दिनदेखि उनी बिरामी थिए। उनको निधनसँगै राउटे समुदायका नागरिकको जनसंख्या १३५ मा झरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *