सहिदको घरमा प्रचण्डको बास

डिसी नेपाल
१७ वैशाख २०८२ ८:३१
96
Shares

कञ्चनपुर। शसस्त्र द्वन्द्वमा  श्रीमान् पुस्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बसेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका-२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरा शर्मासँग बस्दै आएकी छन्।

जनयुद्वमा यस ठाउँबाट ज्यान उत्सर्ग गरेका १५ जना सहिदमध्ये खिमा शर्माको परिवार पनि एक हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *