सुन तोलामा सात सयले घट्यो
काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ७०० ले घटेको छ।
मंगलबार प्रतितोला एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतितोला ५ ले घटेर एक हजार ९६५ कायम भएको छ। मंगलबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment