६ वर्षमा स्क्रिप्ट तयार, निर्देशक पाण्डेको नयाँ फिल्म चाँडै छायांकनमा
धनगढी । निर्देशक तथा लेखक विवेक पाण्डेले ६ वर्षको मिहिनेतपछि नयाँ फिल्मको स्क्रिप्ट अन्तिम चरणमा पुर्याएका छन्। सन् २०१८ देखि फरक विषयमा आधारित फिल्म लेखन सुरु गरेका पाण्डेले ४४ ड्राफ्ट परिवर्तन गरी स्क्रिप्ट तयार पारेका हुन्।
मध्यम बजेटको फिल्ममा ९० प्रतिशत नयाँ कलाकार रहनेछन् भने कलाकार छनोट असारको पहिलो साताबाट सुरु हुनेछ। फिल्मको सह–लेखन र सह–निर्देशन किशोर भट्टले गर्नेछन्।
जानकी देवी प्रोडक्सनबाट निर्माण हुने फिल्मको छायांकन १५ भदाैबाट सुरु हुनेछ। फिल्मलाई रुपेश थापाले छायांकन गर्नेछन्। शीर्षक र पोस्टर चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment