लघुकथा : आभ्ना
“आभ्ना, माम खायौ? माम खान हिँड। स्कुल जान ढिला हुन्छ। होमवर्कहरु सकियो? ड्रेस, जुत्ता कहाँ छ? गाडी आउने बेला भई सक्यो।”
मैले आभ्नालाई सचेत गराएँ।” आ, मामा पनि म माम खान्न के। मलाई चाउचाउ बनाई दिनु। होमवर्कहरु गरि सकेँ। डे«स र जुत्ता कोठामै छ। अब लगाएर ठिक्क पर्छु। गाडीले पर्खन्छ नि एक छिन्। तपाईं पनि जाने हो मेरो स्कुल?” आभ्नाले सहजै जवाफ फर्काइन्।
आभ्ना मेरी भाञ्जी हुन्। कान्छी बहिनी ताराकी छोरी। घर विराटनगर ढाट नजिकै हो। आभ्ना छ कक्षामा पढ्छिन्। सानै देखि झगडालु स्वभाव भएकी आभ्नाको झगडा गर्ने बानी हटिसकेको छैन। एक्ली छोरी भएका कारण ममी बाबाको लाड प्यारमा हुर्कि रहेकी छन्। पढाइ ठिक ठिकै छ। खेल्न र मोबाइल हेर्नमा बढी ध्यान दिने गर्छिन्।
म जोगबनीबाट औषधि किनेर फर्कँदा एकरात बास बस्दै बहिनीको घर निक्लेको हुँ। मेरो औषधि नेपालमा नपाइने भएको कारण औषधि किन्न जोगबनी जानु पर्ने हुन्छ। मासिक रु ५,५००÷को औषधि किन्ने गर्छृु।
“भाञ्जा भाञ्जीलाई मामा र मामा घर प्यारो लाग्छ हैन आभ्ना? म बच्चा छँदा मामा घर जान भने पछि हुरुक्कै हुन्थेँ। हजुरआमाले पकाएको दालभात घिउसँग खाएको भातको स्वाद अहिले पनि सम्झिरहन्छु। मग मग बास्ना आउने भात हुन्थ्यो। हजुरआमाको हातै मिठो। जे दिए पनि मिठै लाग्थ्यो।”
“हजुरआमा अहिले स्मृतिमा मात्रै हुनु हुन्छ। हजुरआमा बितेको २२ वर्ष भै सकेछ। हजुरआमा बित्दा म ३७ वर्षको रहेछु। हजुरबुबालाई हामीले देखेनौं। हजुरबा बेपत्ता हुनु भएको रे। खुट खबर केही थिएन। हजुरआमा एक्लैले घर व्यवहार धान्नु भएको थियो। मामाहरु प्नि हुनु हुन्थेन। सासुको हेरचाह, छोरीहरुको पालन पोषण, छोरीहरुको विहादान, जस्ता महत्वपूर्ण जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्ने मेरी हजुरआमा एक साहसिक महिला हुनुहुन्थयो।”
मेरा कुरा आभ्नाले ध्यान पूर्वक सुनिन् र भनिन्, “मेरो त हजुरआमा हुनुहुन्छ त। म पनि तपाईंसँग जान्छु है मामा” मैले स्वीकृतिको टाउको हल्लाएँ। आभ्ना खुशीले नाचिन्।
सुन्दरहरैंचा-६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment