‘अन्जिला’का ५१औं दिने विशेष क्षण, सम्मानित भए एस्ट्रोलोजी एडभाइजर भट्ट गुरु

डिसी नेपाल
२० वैशाख २०८२ १४:४५
132
Shares

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म अन्जिलाले प्रदर्शनको ५१औं दिन पार गर्दै सेलिब्रेसन गरेको छ। शुक्रबार सम्पन्न कार्यक्रममा फिल्म निर्माण टिमले पछिल्लो समय चर्चामा रहेका ज्योतिष नवराज भट्ट ‘भट्ट गुरु’लाई सम्मान गरेको छ।

फिल्मको शुभ साइतदेखि लिएर सम्पूर्ण छायांकनको अवधिभर विभिन्न ज्योतिषीय परामर्श दिँदै आएका भट्ट गुरुको योगदानलाई उच्च मूल्यांकन गर्दै निर्माता र निर्देशक टिमले यो सम्मान प्रदान गरेको हो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित शसस्त्र प्रहरी बलका आइजीपी राजु अर्याल, निर्देशक मिलन चाम्स, निर्माता छबीराज ओझा, निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता विनोद अग्रवाललगायतले संयुक्त रूपमा भट्ट गुरुलाई सम्मानपत्र सहित सम्मानित गरेका हुन्।

भट्ट गुरुले हालका धेरै नेपाली फिल्महरूमा ‘एस्ट्रोलोजी एडभाइजर’को रूपमा सक्रियता बढाइरहेका छन्। अन्जिला फिल्ममा पनि उनले सुरुवातकै चरणदेखि शुभ समय निर्धारण, कथा अनुसारको ग्रह–नक्षत्र मिलाउने लगायत विभिन्न परामर्श दिएका थिए। उनका सुझावको प्रभावले फिल्मको ऊर्जा सकारात्मक बनेको भन्दै निर्माण टिम आभार व्यक्त गर्छ।

फिल्म अन्जिला फुटबल खेलाडी एन्जिला तुम्बाम्पो सुब्बाको जीवनमा आधारित छ। प्रेरणादायी कथा, सशक्त निर्देशन र उत्कृष्ट अभिनयको कारणले गर्दा फिल्मले दर्शकको मन जित्न सफल भएको छ।

समीक्षकहरूले पनि फिल्मको विषयवस्तु र प्रस्तुतीलाई खुलेर तारिफ गरेका छन्। ५१ दिनसम्म हलहरूमा सफलतापूर्वक चलेको फिल्म अझै पनि केही सिनेमा घरमा प्रदर्शनरत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.