दुर्घटनामा अटोचालकको मृत्यु
नेपालगञ्ज । बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भे१ज ६०६ नंको म्याजिक भ्यानले ठक्कर दिँदा जाजरकोट स्थायी घर भएका ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको हो। कोहलपुरको दशबिगाहा क्षेत्रबाट बजारतर्फ जाँदै गरेको सो भ्यानले दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीको मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment